मिति: २०८१ चैत्र १३
रोटरी क्लब अफ मातृभूमि बालुवाटारद्वारा राखिएको पानीपोखरीस्थित डिजिटल बोर्ड आज विहान अनाधिकृत रूपमा ह्याक भएको घटनाले क्लब गम्भीर रूपमा दुःखी भएको छ। बोर्डमा सम्माननीय प्रधानमन्त्री ज्यू विरुद्धको नारा प्रसारण भएपछि तत्काल बन्द गरिएको छ।
यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं महानगरपालिका वडा नं. ३ कार्यालय तथा नेपाल प्रहरी मुख्यालयको सूचना प्रविधि विभागसँग समन्वय गरी अनुसन्धान अगाडि बढाइएको छ। हाल डिजिटल बोर्डलाई प्रहरीको सूचना प्रविधि विभागमा पठाई आवश्यक जाँच गरिँदैछ।
हाम्रो क्लब साइबर सुरक्षाका विषयमा गम्भीर रहेको छ र यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग सहकार्य गरिरहेको छ। आगामी जानकारी प्राप्त भएपछि थप विवरण सार्वजनिक गरिनेछ।
राजु श्रेष्ठ
अध्यक्ष, रोटरी क्लब अफ मातृभूमि बालुवाटार